टी-२० क्रिकेट
२५ रन बनाउँदै पेभेलियन फर्किए कुशल भुर्तेल
मङ्गलबार, १३ चैत २०८०, १३ : २१
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।
कुशल भुर्तेल २५ रन बनाउँदै आउट भएका हुन् । पेभेलियन फर्किनुअघि उनले १६ बलमा दुई छक्का र दुई चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर फोष्टरले गारेथ डेलानीद्वारा क्याच गराए । ४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण