टी-२० क्रिकेट
२४ बलमा ३३ रन बनाउँदै आउट भए कप्तान रोहित
मङ्गलबार, १३ चैत २०८०, १४ : १६
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।
रोहित टोलीका लागि महत्त्वपूर्ण योगदान गर्दै पेभेलियन फर्किए । उनले पेभेलियन फर्किनुअघि ३३ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रोहितले केवल २४ बलको सामना गरी पाँच चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर गाभिन होएले रकद्वारा क्याच गराए । १६औँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले एक सय ५७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण