सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

२४ बलमा ३३ रन बनाउँदै आउट भए कप्तान रोहित

मङ्गलबार, १३ चैत २०८०, १४ : १६
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा सोमबार आफ्नो पाँचौँ विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । 

रोहित टोलीका लागि महत्त्वपूर्ण योगदान गर्दै पेभेलियन फर्किए । उनले पेभेलियन फर्किनुअघि ३३ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रोहितले केवल २४ बलको सामना गरी पाँच चौका पनि हिर्काए । उनलाई आयरल्यान्डका बलर गाभिन होएले रकद्वारा क्याच गराए । १६औँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले एक सय ५७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप