सुन प्रकरणको अनुसन्धान गरेका दुईजना इन्स्पेक्टर सीआईबीमै फिर्ता
काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणको अनुसन्धानमा त्रुटि देखिएको ठहर गरेपछि सीआईबीमा कार्यरत अधिकृतहरुलाई धमाधम हटाइएको छ । तर, सुनको अनुसन्धानमा संलग्न रहेर पनि बाहिर कार्यरत दुईजना इन्स्पेक्टरलाई सीआईबीमै फिर्ता बोलाइएको छ ।
प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा काज सरुवा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीहरू ६० किलो ७१६ ग्राम सुन तस्करीबारे अनुसन्धानमा खटिएका थिए ।
अवैध सुन पैठारी तथा संगठित अपराधबारे इन्स्पेक्टर अधिकारीले आर्थिक विश्लेषण र गजेन्द्र रावलले प्राविधिक विश्लेषण गरेका हुन् । अनुसन्धान सकिएपछि उनीहरू फिर्ता भएका थिए ।
सुनबारे अनुसन्धान गरेका सिआईबीका ४ जना इन्स्पेक्टरलाई त्यहाँबाट हटाइएको छ । सीआईबीमा कार्यरत इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्री र रञ्जित लामालाई प्रहरी हेड्क्वार्टरमा सरुवा गरिएको छ ।
सीआईबीमा कार्यरत प्रहरी नायव निरीक्षक विवेक ढुंगाना, प्रसनी इन्कार वली र हवल्दार लक्ष्मण सापकोटालाई पनि त्यहाँबाट सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण