बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

सुन प्रकरणको अनुसन्धान गरेका दुईजना इन्स्पेक्टर सीआईबीमै फिर्ता

मङ्गलबार, १३ चैत २०८०, १४ : २१
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणको अनुसन्धानमा त्रुटि देखिएको ठहर गरेपछि सीआईबीमा कार्यरत अधिकृतहरुलाई धमाधम हटाइएको छ । तर, सुनको अनुसन्धानमा संलग्न रहेर पनि बाहिर कार्यरत दुईजना इन्स्पेक्टरलाई सीआईबीमै फिर्ता बोलाइएको छ ।

प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर राजु अधिकारी र गजेन्द्र रावललाई सीआईबीमा काज सरुवा गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीहरू ६० किलो ७१६ ग्राम सुन तस्करीबारे अनुसन्धानमा खटिएका थिए ।

अवैध सुन पैठारी तथा संगठित अपराधबारे इन्स्पेक्टर अधिकारीले आर्थिक विश्लेषण र गजेन्द्र रावलले प्राविधिक विश्लेषण गरेका हुन् । अनुसन्धान सकिएपछि उनीहरू फिर्ता भएका थिए ।

सुनबारे अनुसन्धान गरेका सिआईबीका ४ जना इन्स्पेक्टरलाई त्यहाँबाट हटाइएको छ । सीआईबीमा कार्यरत इन्स्पेक्टर वकिल सिंहलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ नक्साल, कृष्ण श्रेष्ठलाई पहरा गण र सुरेश खत्री र रञ्जित लामालाई प्रहरी हेड्क्वार्टरमा सरुवा गरिएको छ ।

सीआईबीमा कार्यरत प्रहरी नायव निरीक्षक विवेक ढुंगाना, प्रसनी इन्कार वली र हवल्दार लक्ष्मण सापकोटालाई पनि त्यहाँबाट सरुवा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप