सोमपाल र कुशल मल्लले पेभेलियन फर्काए आयरल्यान्डका दुवै ओपनरलाई
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले लगातार आफ्नो दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि १३ बलमा एक छक्का र चार चौकाको मद्दतले २६ रन बनाए । पाँचौँ ओभरको अन्तिम बलमा स्टेफन आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।
त्यसलगत्तै आयरल्यान्डले आफ्नो दोस्रो विकेट गुमाएको थियो । आयरल्यान्डको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान रोस एडिर १७ रनको व्यक्तिगत स्कोरमा गलसन झाद्वारा क्याच गराएका थिए । ५.२ ओभरमा रोस आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण