सोमपाल र कुशल मल्लले पेभेलियन फर्काए आयरल्यान्डका दुवै ओपनरलाई

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले लगातार आफ्नो दुवै ओपनर ब्याट्सम्यानलाई गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि १३ बलमा एक छक्का र चार चौकाको मद्दतले २६ रन बनाए । पाँचौँ ओभरको अन्तिम बलमा स्टेफन आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।
त्यसलगत्तै आयरल्यान्डले आफ्नो दोस्रो विकेट गुमाएको थियो । आयरल्यान्डको दोस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले आयरल्यान्डका ओपनर ब्याट्सम्यान रोस एडिर १७ रनको व्यक्तिगत स्कोरमा गलसन झाद्वारा क्याच गराएका थिए । ५.२ ओभरमा रोस आउट हुँदा आयरल्यान्डले ४३ रन बनाएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग