मनिष मिश्र र विमल केडियाको महासचिवमा पदोन्नति
मङ्गलबार, १३ चैत २०८०, १५ : ३४

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पार्टीका सचिव मनिष मिश्र र सहकोषाध्यक्ष विमल केडियालाई महासचिवमा पदोन्नति गरेको छ ।
लोसपाका कार्यालय सचिव प्रदीप पाठकका अनुसार पार्टीले मंगलबार मनिष मिश्र र विमल केडियालाई महासचिवमा बढुवा गरेको हो ।
त्यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार नै पार्टीले उपाध्यक्ष पुष्पा ठाकुर र महासचिव मिश्रालाई पार्टीको केन्द्रीय सचिवालयमा मनोनित गरेका छन् । पदाधिकारीमा विभिन्न नेतालाई पदाेन्नति गरेपनि पार्टी छाडेका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झालगायतको नेताको बारेमा पार्टीले केही बोलेको छैन ।
महतोको अभियानमा लागेका महासचिव केशव झालाई लोसपाले यसअघि नै कारबाही गरिसकेको छ भने उपमहासचिव सन्तोष मेहता, उपाध्यक्ष कौशल कुमार सिंहलगायतको बारेमा कुनै निर्णय गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न