मनिष मिश्र र विमल केडियाको महासचिवमा पदोन्नति
मङ्गलबार, १३ चैत २०८०, १५ : ३४
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले पार्टीका सचिव मनिष मिश्र र सहकोषाध्यक्ष विमल केडियालाई महासचिवमा पदोन्नति गरेको छ ।
लोसपाका कार्यालय सचिव प्रदीप पाठकका अनुसार पार्टीले मंगलबार मनिष मिश्र र विमल केडियालाई महासचिवमा बढुवा गरेको हो ।
त्यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार नै पार्टीले उपाध्यक्ष पुष्पा ठाकुर र महासचिव मिश्रालाई पार्टीको केन्द्रीय सचिवालयमा मनोनित गरेका छन् । पदाधिकारीमा विभिन्न नेतालाई पदाेन्नति गरेपनि पार्टी छाडेका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अनिल झालगायतको नेताको बारेमा पार्टीले केही बोलेको छैन ।
महतोको अभियानमा लागेका महासचिव केशव झालाई लोसपाले यसअघि नै कारबाही गरिसकेको छ भने उपमहासचिव सन्तोष मेहता, उपाध्यक्ष कौशल कुमार सिंहलगायतको बारेमा कुनै निर्णय गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण