उत्तरपुस्तिका हराएकोप्रति अखिल क्रान्तिकारीको आपत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका हराएकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय पहिलो वर्षको जनसङ्ख्या विषयको उत्तर पुस्तिका परीक्षा नियन्त्रण कार्यालय बल्खुले हराएको घटनाप्रति अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
विद्यार्थीको सुनौलो भविष्यमाथि खेलबाड गर्नेलाई अखिल क्रान्तिकारी नछोड्ने चेतावनी समेत दिएको छ। क्रान्तिकारी त्रिवि अध्यक्ष प्रदिप भट्टले एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा छानबिन गर्न माग गरेका छन्।
विद्यार्थीको उत्तर पुस्तिका परीक्षण गर्ने जिम्मेवारी प्राप्त गरेको संस्था परीक्षा नियन्त्रण कार्यालयको यो गैर जिम्मेवारीपनका पछाडि परीक्षा नियन्त्रक र केन्द्रिय परीक्षा बोर्डको अध्यक्ष रजिस्ट्रारको उदासीनता रहेको अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
गएको वर्ष व्यवस्थापन सङ्काय अन्तर्गत विविएस चौथो वर्षको बिज्नेस रिसर्च मेथड्सु को उत्तर पुस्तिका पनि विद्यार्थीको नतिजा निकाल्ने बेला हराएको थियो ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतको जनसङ्ख्या विषयको उत्तर पुस्तिकामा संलग्न प्राध्यापकहरू माथि सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न क्रान्तिकारीले माग गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण