आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राज्य व्यवस्था समिति बैठक

रवि लामिछानेकै सामुन्ने बडुले भने– सहकारी ठगी छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्छ (भिडियोसहित)

बुधबार, १४ चैत २०८०, १२ : ४५
बुधबार, १४ चैत २०८०

काठमाडौँ ।  सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा  १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ । यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं।’  

सांसद बडुले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताए । बडुले भने, ‘‘यो व्यवस्थालाई जोगाउने यो अवसर पनि हो । यसरी छानबिनलाई विश्वसनीय बनाउन सकिन्छ, विदेशमा भागेकालाई पनि रेड कर्नर नोटिस जारी गरेको भन्ने छ, त्यसमा प्रष्ट पार्न आग्रह गर्दछु ।’  

बडुले गृहमन्त्रालयका ३ वटा विधेयक राज्य व्यवस्था समितिमा ल्याउनुपर्ने समेत बताए । उनले  प्रहरीलाई प्रदेश अन्तगर्त लैजानुपर्ने बताए ।  सुन तस्करी छानबिन समितिले प्रतिवेदन बुझाइसकेको बताउँदै बडूले सो प्रतिवेदन गृहमन्त्रीले सार्वजनिक गर्छु भने पनि नभएको बताए । 

उनले सांसद विनोद चौधरीमाथिको छानबिनबारे असन्तुष्टि व्यक्त गरे । संविधान र संसद्को नियमावलीमा नभएको व्यवस्था छानबिन गर्दैछौ भनेर सभामुखलाई पत्र किन लेखियो भनेर बडुले प्रश्न समेत गरे ।

‘बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरीमाथि छानबिन गर्ने भन्ने कुरा आयो । कानुनी राज्यमा प्रधानमन्त्री मन्त्री सबैमाथि छानबिन हुन्छ । सांसद चौधरीलाई छानबिन हुँदैछ भनेर सभामुखलाई पत्र  किन पठाइयो ? संविधान र संसद्को नियमावलीमा नभएको व्यवस्था छानबिन गर्दैछौ भनेर सभामुखलाई पत्र किन लेखियो हामीले बुझ्न सकेका छैनौ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप