नाउपा संस्थापक समितिको बैठक : सत्ता गठबन्धनमा जानुपर्नेमा जोड

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरू बैठक जारी रहेको छ । टीकापुरमा जारी बैठकमा २१ जना संस्थापकहरूमध्ये १२ जनाको उपस्थिति रहेको छ । बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागिताबारे छलफल चलिरहेको छ ।
छलफल जारी रहेको नाउपाका संस्थापक तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराथारुले जानकारी दिए । जारी छलफलमा फागुन २१ गतेपछि बनेको नयाँ राजनीतिक समीकरण जाने कि, कांग्रेस नेतृत्वको समीकरणमा जानेबारे छलफल चलिरहेको एक जना संस्थापक नेताले बताए । बैठकमा सहभागी अधिकांशले फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरण अनुसार प्रदेशमा पनि जानुपर्ने जोड दिइएको ती संस्थापक नेताले जानकारी दिए ।
सांसदहरूसहितको बैठकपछि ठोस निर्णयमा पुगिने ती संस्थापक नेताको भनाइ छ । नाउपाको संरक्षक नेता रेशमलाल चौधरीको अनुपस्थितिमा बसिरहेको बैठकप्रति एक थरी नेताहरूले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम समयमा सेयर मूल्यमा हुनसक्ने चलखेल आजदेखि अन्त्य
-
साँझको समयमा २३० मेगावाट बिजुली आपूर्ति गर्न परराष्ट्रमन्त्रालय मार्फत भारतसँग अनुरोध
-
गिरिजाप्रसाद कोइरालाको आज १५औँ स्मृति दिवस
-
भगवती चौधरीको प्रश्नमा यस्तो छ प्रधानमन्त्रीको जवाफ
-
पुलिस क्लबले बनायो प्रतियोगिताकै सर्वाधिक स्कोर, बागमती प्रदेशलाई २९८ रनको लक्ष्य
-
यस वर्ष पाँच सय युवालाई स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी