नाउपा संस्थापक समितिको बैठक : सत्ता गठबन्धनमा जानुपर्नेमा जोड
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरू बैठक जारी रहेको छ । टीकापुरमा जारी बैठकमा २१ जना संस्थापकहरूमध्ये १२ जनाको उपस्थिति रहेको छ । बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागिताबारे छलफल चलिरहेको छ ।
छलफल जारी रहेको नाउपाका संस्थापक तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराथारुले जानकारी दिए । जारी छलफलमा फागुन २१ गतेपछि बनेको नयाँ राजनीतिक समीकरण जाने कि, कांग्रेस नेतृत्वको समीकरणमा जानेबारे छलफल चलिरहेको एक जना संस्थापक नेताले बताए । बैठकमा सहभागी अधिकांशले फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरण अनुसार प्रदेशमा पनि जानुपर्ने जोड दिइएको ती संस्थापक नेताले जानकारी दिए ।
सांसदहरूसहितको बैठकपछि ठोस निर्णयमा पुगिने ती संस्थापक नेताको भनाइ छ । नाउपाको संरक्षक नेता रेशमलाल चौधरीको अनुपस्थितिमा बसिरहेको बैठकप्रति एक थरी नेताहरूले तीव्र असन्तुष्टि जनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण