सांसद श्रेष्ठको प्रश्न : दुर्गा प्रसाईंलाई स्वचालित हतियार राख्ने अनुमति कसले दियो ?
काठमाडौँ । सांसद कृष्णगोपाल श्रेष्ठले दुर्गा प्रसाईंलाई स्वचालित हतियार राख्ने अनुमति कसले दिएको भन्दै प्रश्न गरेका छन् । बुधबार सांसद श्रेष्ठले राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो प्रश्न गरेका हुन् ।
श्रेष्ठले भने– ‘त्यस्तो स्वचालित हतियार राख्ने अनुमति उनलाई कसले दियो ? एउटा दुर्गा प्रसाईंले मात्रै हो कि अरू दुर्गा प्रसाईंहरूले लाइसेन्स प्राप्त त्यस्ता हतियार राखेका छन् । हालसालै रुसको कन्सर्टमा हत्याकाण्ड भएको जस्तो घटना भयो कसले जिम्मा लिन्छ ? तपाईंको कार्यकालमा ठुला घटना घट्यो भने नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ ।’
सांसद श्रेष्ठले दुर्गा प्रसाईंले त्यस्तो हतियार बोकेर आफूहरूलाई सजग गराएकोमा उनलाई धन्यवाद समेत दिए । उनले गृहमन्त्रीको सुरक्षाका लागि समेत त्यस्ता हतियार बोक्ने नगरिएको बताउँदै प्रश्न गरे– ‘गृहमन्त्रीको सुरक्षाका लागि त्यस्ता हतियार बोक्ने गरिन्छ त ?’
सांसद श्रेष्ठले समितिका सभापति रामहरि खतिवडाको बैठक चलाउने तरिका नमिलेको बताए । उनले भने, ‘पूर्वतिर हेरेर पश्चिमतिर हान्ने उद्देश्यका साथ यो बैठक गरिएको छ । सभापतिलाई केही ध्यानाकर्षण गर्नुपर्ने अवस्था छ । राज्य व्यवस्था तथा सुशासन समितिको इज्जत हुन्छ, एउटाले बिराउँछ,संसारलाई डुबाउँछ भनेजस्तो नहोस् । राज्य व्यवस्था समितिले आफ्नो अधिकार क्षेत्रभित्र रहेर मात्र छलफल र निर्णय गर्ने काम गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण