हँसिया प्रहार गरी श्रीमतीको हत्या
रौतहट । रौतहटमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वृन्दावन नगरपालिका १ बलहरी गाउँ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।
हँसिया प्रहारबाट ३५ वर्षीय सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो बागमती नदीको बगरमा घाँस काट्न गएका पति पत्नीबिच विवाद हुँदा वाइबाले श्रीमतीमाथि आक्रमण गरेका थिए ।
अत्यधिक मदिरा सेवन गरी वाइबाले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । श्रीमतीको हत्या गरेलगत्तै वाइबाले घरमा आएर आफ्नो घाँटी हँसियाले रेटेका थिए ।
सिकिस्त घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
घटनास्थलमा रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ समेतको टोली पुगेर अनुसन्धान थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण