शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हँसिया प्रहार गरी श्रीमतीको हत्या

बुधबार, १४ चैत २०८०, २१ : ४९
बुधबार, १४ चैत २०८०

रौतहट । रौतहटमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।  जिल्लाको वृन्दावन नगरपालिका  १ बलहरी गाउँ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले घरायसी विवादमा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

हँसिया प्रहारबाट ३५ वर्षीय सोतीमाया वाइबाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो बागमती नदीको बगरमा घाँस काट्न गएका पति पत्नीबिच विवाद हुँदा वाइबाले श्रीमतीमाथि आक्रमण गरेका थिए ।

अत्यधिक मदिरा सेवन गरी वाइबाले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।  श्रीमतीको हत्या गरेलगत्तै वाइबाले घरमा आएर आफ्नो घाँटी हँसियाले रेटेका थिए ।

सिकिस्त घाइते भएका उनको  चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

घटनास्थलमा रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ समेतको टोली पुगेर अनुसन्धान थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप