२०० औँ खेल खेलेका रोहित शर्मालाई सचिनको विशेष उपहार
काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा विश्व चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) का पनि सर्वाधिक सफल खेलाडी हुन् । उनी आईपीएलको इतिहासमा सर्वाधिक सफल कप्तान पनि हुन् ।
उनको कप्तानीमा मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हाल उनी टोलीको कप्तान छैनन् । तर, आईपीएलको १७औँ संस्करणमा पनि उनी खेलाडीका भूमिकामा मुम्बई इन्डियन्समा आबद्ध छन् ।
सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच बुधबार राति खेलिएको खेल रोहित शर्माका लागि आईपीएलमा दुई सयौँ खेल थियो । यद्यपि, उक्त खेलमा मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको थियो ।
पूर्वकप्तान रोहित शर्मालाई आईपीएलमा दुई सयौँ खेल खेलेको अवसरमा भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करले उपहार पनि दिएका छन् । आफ्नो अभूतपूर्व खेल कौशलका कारण क्रिकेटको भगवानका रुपमा परिचय बनाएका सचिनले रोहित शर्मालाई विशेष जर्सी उपहार दिएका हुन् ।
रोहित शर्मा आईपीएलको पहिलोदेखि १७ औँ संस्करणसम्म निरन्तर सहभागिता जनाउने पाँच खेलाडीमध्ये एक पनि हुन् । सचिन तेन्दुल्करले उपहार दिएको जर्सीमा रोहित शर्माको नामसँगै ‘२००’ नम्बर पनि छापिएको छ । विशेष उपहारका लागि रोहितले सचिनप्रति आभार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण