क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लमजुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् ।
पक्राउमध्ये मिङमारले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौँ बौद्धबाट र प्रकाशलाई काठमाडौँ बालुवाटारबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण