भारतसँग विद्युत् खरिद सम्झौता नवीकरणमा ढिलाइ
काठमाडौँ । भारतसँगको विद्युत् खरिद सम्झौता नवीकरण हुन नसक्दा बिजुली आपूर्तिमा समस्या पर्न सक्ने जोखिम बढेको छ । नेपालले भारतसँग किन्दै आएको बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । गत वर्ष सम्पन्न सम्झौताको समयावधि यही मार्च ३० सम्म मात्रै छ ।
यसअनुसार यति बेलासम्म बिजुली खरिदका लागि भारतसँग सम्झौता भइसक्नुपर्ने हो । तर हालसम्म सम्झौता हुन नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्झौता नवीकरणका लागि नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक समेत सम्पन्न भइसकेको छ ।
बैठकमा नेपाल पक्षले निरन्तर रूपमा सम्झौता नवीकरणको प्रस्ताव गरिरहेको छ । तर, लोकसभा चुनावमा भारतलाई २४ घन्टा नै पर्याप्त मात्रामा बिजुली चाहिने भएकाले नेपाललाई दिन नसक्ने भारतीय पक्षको भनाई छ । यद्यपि, नेपाली पक्षले भने कम्तीमा साढे ६०० मेगावाट बिजुली पाउनुपर्ने माग राख्दै आएको छ ।
यसो हुन नसकेमा चैतको बाँकी अवधि र वैशाख वा जेठसम्म बिजुली आपूर्तिमा समस्या पर्छ । ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंह नेपाललाई बिजुली आपूर्ति गराउन भारतीय पक्ष सकारात्मक रहेको बताउँछन् । रातोपाटीसँगको कुराकानीमा भन्छन्, ‘भारतीय पक्ष चुनावका कारण थप बिजुली चाहिने भएको बताइरहेको छ । तर नेपाललाई चाहिने बिजुली दिन सकारात्मक छ ।’
‘दुई देशका सचिवस्तरीय बैठकमा भारतीय सचिवले नेपाललाई बिजुली उपलब्ध गराउनका लागि मन्त्रीसमक्ष कुरा राख्ने बताएका छन्,’ प्रवक्ता सिंहले भने, ‘अघिल्ला वर्षहरूमा पनि अन्तिम समयमा सम्झौता नवीकरण भएको उदाहरण छन् । यो वर्ष पनि सोही अपेक्षा हाम्रो छ ।’
निरन्तर पानी पर्न थालेपछि पछिल्लो एक सातायता नेपालबाट भारतमा बिजुली निर्यात भइरहेको छ । यद्यपि, समग्रमा सुख्खा याममा नेपालले आन्तरिक माग धान्नका लागि ६८० मेगावाटसम्म बिजुली आयात गर्दै आइरहेको छ ।
भारतसँग बिजुली नवीकरणको सम्झौता सम्पन्न हुन नसके ‘लोडसेडिङ’को जोखिम बढ्नेछ । यद्यपि, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत भने ‘लोडसेडिङ’को हल्ला निराधार रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण