रास्वपाले उम्मेदवार आज टुङ्ग्याउने, ६ जना आकांक्षीसँग वनस्थलीमा छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको उम्मेदवार आज चयन गर्दैछ । सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले प्राइमरी इलेक्सनका लागि उम्मेदवारी दिएका ६ जनालाई पार्टी कार्यालय बनस्थली बोलाएर छलफल गरिरहेका छन् ।
रास्वपामा इलाम- २ को प्राइमरी इलेक्सनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा.शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो । रास्वपाले उनीहरू मध्येबाट एक जनालाई उम्मेदवार बनाउने छ । बुर्लाकोटीले भने, ‘पार्टीले एक चरण संवाद गराएर सहमति जोज्छौँ । उम्मेदवारी फिर्ता लिने समयसम्म सहमतिको प्रयास रहन्छ ।’
उम्मेदवारका आकांक्षीबिच सहमति भएन भने केन्द्रीय समिति बैठक बसेर उम्मेदवारको टुङ्गो लगाउने उनले बताए । ‘प्राइमरी इलेक्सनका लागि मतदाता सङ्ख्याको १ प्रतिशत पार्टी सदस्य हुनुपर्ने विधिमा उल्लेख छ । १ लाख १८ हजार मतदातामा ११ सय ८० पार्टी सदस्य हुनुपर्छ । त्यो नपुग्ने भएकाले प्राइमरीमा केन्द्रीय समितिले आफ्नो विधि निर्धारण गर्छ,’ उनले भने ।
सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकका लागि स्ट्याण्डवाइ रहन भनेको सहमहामन्त्री बुर्लाकोटीले बताए । ‘केन्द्रीय समिति बैठकको तयारी अवस्थामा छौँ । केन्द्रीय समिति बैठकले आजै नै टिकटको टुङ्गो लगाउने हो,’ उनले भने ।
२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम-२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण