शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री सुमना श्रेष्ठले मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण सोधेकी छन् । चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरूमा गरिएको छड्के अनुगमनका क्रममा २० जना कर्मचारीहरू हाजिर गरी मन्त्रालयबाट बाहिरिएको तथ्य खुलेको थियो ।
कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको मन्त्रीको सचिवालयले जनाएको छ । उनीहरूलाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआए कानुन बमोजिम कारबाही हुने सचिवालयले जनाएको छ ।
यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयहरूमा समेत निरन्तर रूपमा हुने र कार्यालय समयमा बिना जानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी उपर कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
कार्यसम्पादनको आधारमा कर्मचारीहरूको मूल्याङ्कन गरी सोहीबमोजिम प्रोत्साहन गरिने मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण