शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ

बिहीबार, १५ चैत २०८०, २१ : १८
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । बारामा एसईई परीक्षामा अनियमित कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । परीक्षार्थीलाई चिट चोराएको आरोपमा कलैया उपमहागरपालिका २ स्थित अमर माविका शिक्षक सुरेन्द्र यादव र आदर्श कोतवाल गाउँपालिकाको जनता माविमा कार्यरत गार्ड विनोद यादव पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार सुरेन्द्रले मोबाइलमार्फत र विनोदले नक्कली गार्ड बनेर परीक्षार्थीलाई चिट चोराएका थिए । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप