एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
बिहीबार, १५ चैत २०८०, २१ : १८
काठमाडौँ । बारामा एसईई परीक्षामा अनियमित कार्य गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । परीक्षार्थीलाई चिट चोराएको आरोपमा कलैया उपमहागरपालिका २ स्थित अमर माविका शिक्षक सुरेन्द्र यादव र आदर्श कोतवाल गाउँपालिकाको जनता माविमा कार्यरत गार्ड विनोद यादव पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सुरेन्द्रले मोबाइलमार्फत र विनोदले नक्कली गार्ड बनेर परीक्षार्थीलाई चिट चोराएका थिए । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण