शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा

शुक्रबार, १६ चैत २०८०, १३ : १८
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले एकै पटक एक दर्जन कानुन संशोधन गर्न लागेको बताएकी छन् । आज आयोजित नेपाल इटाली चेम्बर अफ कमर्स र इन्डस्ट्रीको १०औ वार्षिक साधारण सभामा बोल्दै मन्त्री शर्माले विदेशी लगानी ल्याउन दर्जनभन्दा बढी कानुन संशोधन गर्न लागेको बताएकी हुन् । 

उनले कार्यक्रममा बोल्दै यही वैशाखमा सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनलाई ध्यानमा राखेर कानुन संशोधन गर्न लागेको बताएकी हुन् । उनले भनिन्, ‘सो लगानी सम्मेलनमा नेपालको मित्र राष्ट्र इटालीबाट धेरै लगानीकर्ता ल्याउन सङ्घले भूमिका खेल्न सक्छ ।’ 

नेपाल र इटाली विगत लामो समयदेखि मित्र राष्ट्र रहेकाले दुई पक्षीय व्यापार, पर्यटन र सहयोगको भावना रहेको बताइन् । मन्त्री शर्माले नेपालबाट इटालीतर्फ चियासहित हस्तकलाका वस्तु र अन्य प्रकारका वस्तु निर्यात हुँदै आएको बताइन् । जसबाट नेपालले आफ्नो अर्थतन्त्र विकास गर्न सहयोग पाइरहेको समेत उनको भनाइ थियो ।

‘इटालीले नेपालको भूकम्पमा पुर्‍याएको सहयोग दुई देशबिचको मित्रताको उदाहरण हो’ मन्त्री शर्माले थपिन्, ‘नेपालबाट इटालीतर्फ चियासहित हस्तकला र अन्य वस्तु निर्यात हुने गरेको छ । यसलाई थप बढाउँदै लैजान सकिन्छ ।’ 

इटाली नेपालमा पर्यटन पठाउने विश्वका धेरै मुलुकमध्ये १० भित्र पर्छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा इटालीले गरेको महत्त्वपूर्ण सहयोगका रूपमा लिन सकिन्छ । यसैगरी भावी दिनमा समेत इटालीबाट थप पर्यटन र लगानी समेत आउने अपेक्षा उनले गरिन् । 

युरोपको तेस्रो ठुलो अर्थतन्त्रका रूपमा रहेको इटालीबाट लगानी, पर्यटन र उतातर्फ निर्यात बढाउनका लागि नेपाल इटाली चेम्बर अफ कमर्स र इन्डस्ट्रीले समेत भूमिका खेल्नुपर्ने उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप