सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक

शुक्रबार, १६ चैत २०८०, १५ : ४२
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले शुक्रबार पहिलो टी-२० क्रिकेटमा दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ १० ओभरको खेल सकिँदासम्म तीन विकेट गुमाएर ७९ रन बनाएको छ । 

नेपालका लागि ओपनर ब्याट्सम्यान लोकेश बम ४९ रन बनाउँदै क्रिजमा छन् । उनले केवल ३६ बलमा तीन छक्का र पाँच चौका हिर्काएका छन् । आरिफ शेख भने एक रन बनाउँदै क्रिजमा छन् ।

नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद भण्डारी भने १६ रन बनाउँदै आउट भएका थिए । कप्तान भण्डारीले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । देव खनाल भने शून्य रनमै पेभेलियन फर्किए । अर्जुन घर्ती पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाललाई जितका लागि ६० बलमा एक सय ४४ रन चाहिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप