नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
शुक्रबार, १६ चैत २०८०, १५ : ४२
काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले शुक्रबार पहिलो टी-२० क्रिकेटमा दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ १० ओभरको खेल सकिँदासम्म तीन विकेट गुमाएर ७९ रन बनाएको छ ।
नेपालका लागि ओपनर ब्याट्सम्यान लोकेश बम ४९ रन बनाउँदै क्रिजमा छन् । उनले केवल ३६ बलमा तीन छक्का र पाँच चौका हिर्काएका छन् । आरिफ शेख भने एक रन बनाउँदै क्रिजमा छन् ।
नेपालका अर्का ओपनर ब्याट्सम्यान विनोद भण्डारी भने १६ रन बनाउँदै आउट भएका थिए । कप्तान भण्डारीले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । देव खनाल भने शून्य रनमै पेभेलियन फर्किए । अर्जुन घर्ती पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाललाई जितका लागि ६० बलमा एक सय ४४ रन चाहिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण