चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
बेइजिङ । चीनले अस्ट्रेलियन वाइनमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाएको छ । तीन वर्षभन्दा बढी अवधिमा यो शुल्क हटाइएको हो । यो शुल्कका कारण अस्ट्रेलियाको वाइन उद्योग चौपट भएको छ । देशभरमा चार वर्षलाई पुग्ने वाइन थुप्रिएको छ । चीन र अस्ट्रेलियाबिच यो अतिरिक्त शुल्क विवादको ठुलो कारण बनेको थियो ।
चीनको वाणिज्य मन्त्रालयले बिहीबार अतिरिक्त शुल्क लगाउन अब जरुरी नभएको भन्दै अस्ट्रेलियाबाट आयात गरिने वाइनमा लगाउँदै आएको अतिरिक्त शुल्क हटाइएको बताएको थियो । क्यानबेरा र बेइजिङबिच सहमति भएको पाँच महिनाको समीक्षा अवधि सकिनु भन्दा दुई दिन अघि शुक्रवारदेखि यो लागू भएको छ ।
यो निर्णयसँगै अस्ट्रेलियाबाट आयात हुँदै आएको वाइनमा लाग्दै आएको २१८ प्रतिशतसम्मको अतिरिक्त शुल्क खारेज भएको छ । चीन अस्ट्रेलियाको सबैभन्दा ठुलो वाइन बजार थियो । हरेक वर्ष चीनले १ अर्ब अस्ट्रेलियन डलरभन्दा बढीको वाइन किन्दै आएको थियो । तर अतिरिक्त शुल्कका कारण त्यहाँ वाइनको निर्यात ठप्प प्रायः बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण