सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुँदै

शुक्रबार, १६ चैत २०८०, १८ : ५१
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ ।

फेस्टिबल नेपाल टुरिजम बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोषलगायतको आयोजनामा अर्को साताको शनिबार उक्त म्याराथन हुन लागेको हो । लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत आगामी शुक्रबादेखि भने दुई दिनसम्म फेस्टिबल हुनेछ । फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ । आयोजकका अनुसार पुरुष म्याराथन, हाफ म्याराथन महिला, पुरुष र महिलाको पाँच किलोमिटर खुला दौड र पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्सको पनि प्रतिस्पर्धा हुनेछन् ।

म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः पाँच लाख, तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । चौथोले एक लाख, पाँचौँले ८० हजार र छैटौँले ६० हजार रुपैयाँ हात पार्नेछ । महिला हाफ म्याराथनमा पहिलोले दुई, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपैयाँ जित्नेछन् । पाँच किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्समा पनि शीर्ष तीन स्थानमा रहनेले १५ हजार, १० हजार र पाँच हजार रुपैयाँको पुरस्कार पाउनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप