सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा

शुक्रबार, १६ चैत २०८०, २१ : २१
शुक्रबार, १६ चैत २०८०

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भएको भन्दै यसले सामाजिक सद्भाव र एकता भड्काउने काम गरेकोमा चिन्ता व्यक्त गरेका छन् । 

शुक्रबार गृहजिल्ला हेटौंडामा सञ्चारकमीसँग कुरा गर्दै अध्यक्ष थापाले अमेरिकी संसदमा समेत नेपालको बारेमा प्रश्न उठेको भन्दै नास्तिकता बढाउन भएको आर्थिक लगानीबारे सरकारले तत्काल छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए । सङ्घीय धर्म निरपेक्ष गणतन्त्र असफल साबित भएको भन्दै उनले अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा रूपान्तरण भएको बताए । 

अध्यक्ष थापाले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मार्गचित्रले मात्र मुलुक स्थिर र प्रगतितर्फ जाने स्पष्ट पारे । सङ्घीयताको अनावश्यक भारी देशले थाम्न नसक्ने भन्दै उनले सङ्घीयता खारेज गर्नुपर्ने बताए । 

यस्तै अध्यक्ष थापाले कार्यनीतिका कारण राप्रपासँको एकता क्षीण बन्दै गएको भन्दै राप्रपा सत्ता केन्द्रित मानसिकताबाट ग्रस्त भएको टिप्पणी गरे । अहिले देशको व्यवस्था र अवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक भएको भन्दै उनले सबै राष्ट्रवादी शक्तिबिच बृहत् मोर्चा बन्नु पर्ने आवश्यकता औँल्याए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप