सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च रक्तचापको समस्याबाट बच्नु छ ? आफ्नो यो बानी सुधार्नुहोस्

शनिबार, १७ चैत २०८०, ०६ : ४०
शनिबार, १७ चैत २०८०

काठमाडौँ । यदि तपाईं रातमा सात घण्टा भन्दा कम सुत्नुहुन्छ भने उच्च रक्तचापको जोखिम समयसँगै बढ्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ । अमेरिकन कलेज अफ कार्डियोलोजीको वार्षिक वैज्ञानिक सत्रमा आफ्नो पछिल्लो निष्कर्ष प्रस्तुत गर्दै अनुसन्धानकर्ताहरूले यसअघिका अध्ययनहरूले निद्रा र उच्च रक्तचापबिचको सम्बन्ध फेला परेको बताए ।

जनवरी २००० र मे २०२३ को बिचमा गरिएका १६ वटा अध्ययनहरूको तथ्यांकको विश्लेषण गरिएको थियो । यस अध्ययनमा ६ देशका १० लाख ४४ हजार ०३५ व्यक्तिलाई समावेश गरिएको थियो । उनीहरुलाई यसअघि कहिल्यै उच्च रक्तचापको समस्या थिएन।

अध्ययनको नतिजाले कम निद्राले उच्च रक्तचापको जोखिम बढाउने देखाएको छ । पाँच घण्टाभन्दा कम सुत्ने मानिसहरूलाई उच्च रक्तचापको उच्च जोखिम रहेको पाइयो । अध्ययनले सात घण्टाभन्दा कम सुत्नेहरूमा उच्च रक्तचाप हुने जोखिम ७ प्रतिशतले बढेको पाइयो भने पाँच घण्टाभन्दा बढी सुत्नेहरूलाई यो जोखिम ११ प्रतिशतले बढेको देखियो ।

अध्ययनका प्रमुख अनुसन्धानकर्ता इरानको तेहरान हार्ट सेन्टरका कार्डियोलोजीका सहायक प्रोफेसर कावेह होसेनी भन्छन्, ‘हामीले लामो समयसम्म सुत्ने र उच्च रक्तचापबिच सम्बन्ध रहेको पत्ता लगाएका छौँ । विशेषज्ञहरूले सुझाव दिए अनुसार आठ घण्टाको निद्रा तपाईंको मुटुको लागि पनि उत्तम हुन्छ ।’

कम समय सुत्दा मधुमेह र धूम्रपानले पनि उच्च रक्तचापको जोखिम कम्तीमा २० प्रतिशतले बढाउने उनको भनाई छ । शोधकर्ताहरूले उमेरसँग यसको सम्बन्धको कुनै सरोकार छैन, किनकि निद्राको ढाँचा उमेरसँगै परिवर्तन हुन्छ । अध्ययनमा समावेश गरिएका व्यक्तिहरू ३५.४ वर्षदेखि ६०.९ वर्षसम्मका थिए र आधाभन्दा बढी (६१%) महिला थिए।

सात घण्टाभन्दा कम सुत्ने महिलामा पुरुषको तुलनामा उच्च रक्तचापको जोखिम ७ प्रतिशत बढी रहेको अध्ययनले देखाएको छ । मानिसहरूले उनीहरूको निद्राको बारेमा आफ्नो डाक्टरसँग कुरा गर्नुपर्ने अध्ययनले सुझाव दिएको छ । विशेष गरी यदि उनीहरूलाई निद्रामा समस्या छ भने । किनभने यो स्लीप एपनियाको कारण हुन सक्छ। स्लीप एपनियालाई उच्च रक्तचाप, स्ट्रोक र कोरोनरी धमनी रोगको बढ्दो जोखिमसँग जोडिएको छ। अर्कोतर्फ, उच्च रक्तचापले विभिन्न हृदय रोग र स्ट्रोकको जोखिम बढाउँछ।

यद्यपि, यस अध्ययनमा केही सीमितताहरू छन्। निद्राको अवधि सेल्फ-रिपोर्ट गरिएका प्रश्नहरूमा आधारित थियो, त्यसैले यसमा परिवर्तनहरू अध्ययनको क्रममा मापन गरिएको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप