सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० शृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबिच दोस्रो खेल हुने

शनिबार, १७ चैत २०८०, ०८ : १८
शनिबार, १७ चैत २०८०

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा जारी टी–२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । 

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँगे २१ रनले पराजित भएको थियो ।  लोकश बमको सतकीय पारिका बाबजुद नेपाल पराजित भएको हो । बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकीय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन । 

शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो। 

सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्यान्डलाई हराउनै पर्ने दबाबमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप