शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङमा लेक लागेर भारतीय नागरिकको मृत्यु

शनिबार, १७ चैत २०८०, १८ : ४९
शनिबार, १७ चैत २०८०

पोखरा । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुणा बेनको टुकुचेमा लेक लागेर मृत्यु भएको हो । 

उनी मुक्तिनाथ दर्शन गरेर फर्कँदै थिइन् । अचानक बिरामी भएकी जानीलाई उपचारको लागि मुस्ताङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए । 

उनका अनुसार केही समययता मुस्ताङमा लेक लागेर मृत्यु हुनेको संख्या केही बढेको छ । घटनाको अनुसन्धान भैरहेको पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप