मुस्ताङमा लेक लागेर भारतीय नागरिकको मृत्यु
शनिबार, १७ चैत २०८०, १८ : ४९
पोखरा । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुणा बेनको टुकुचेमा लेक लागेर मृत्यु भएको हो ।
उनी मुक्तिनाथ दर्शन गरेर फर्कँदै थिइन् । अचानक बिरामी भएकी जानीलाई उपचारको लागि मुस्ताङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार केही समययता मुस्ताङमा लेक लागेर मृत्यु हुनेको संख्या केही बढेको छ । घटनाको अनुसन्धान भैरहेको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण