रोनाल्डोको ह्याट्रिकमा अल–नासरको गोल वर्षा

रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले १० खेलाडीमा सीमित अल ताईमाथि सहज जित हासिल गरेको छ । साउदी प्रो लिग अन्तगरगतको खेलमा अल–नासर ५–१ गोलले विजयी बनेको हो ।
खेलको २० औँ मिनेटमा ओटाभिडोले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै अल ताईका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए ।
३६ औँ मिनेटमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि अल–ताई १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा पुनः अल–नासरलाई अग्रता दिलाए ।
दोस्रो हाफ भने रोनाल्डोको नाममा रह्यो । ६४ औँ मिनेटमा पहिलो गोल गरेका उनले ३ मिनेटपछि अर्को गोल थपे । ८७ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे ।
यो सिजन ३९ वर्षीय पोर्चुगिज खेलाडीको दोस्रो ह्याट्रिक हो । समग्र करियरमा भने उनको यो ६४ औँ ह्याट्रिक थियो ।
जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान