रोनाल्डोको ह्याट्रिकमा अल–नासरको गोल वर्षा
रियाद । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले १० खेलाडीमा सीमित अल ताईमाथि सहज जित हासिल गरेको छ । साउदी प्रो लिग अन्तगरगतको खेलमा अल–नासर ५–१ गोलले विजयी बनेको हो ।
खेलको २० औँ मिनेटमा ओटाभिडोले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए । तर दुई मिनेटपछि नै अल ताईका लागि भर्जिल मिसिडजानले बराबरी गोल फर्काए ।
३६ औँ मिनेटमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेपछि अल–ताई १० खेलाडीमा सीमित बन्यो । यसको फाइदा उठाउँदै अब्दुलरहमान घारिबले पहिलो हाफको इन्जुरी समयमा पुनः अल–नासरलाई अग्रता दिलाए ।
दोस्रो हाफ भने रोनाल्डोको नाममा रह्यो । ६४ औँ मिनेटमा पहिलो गोल गरेका उनले ३ मिनेटपछि अर्को गोल थपे । ८७ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पूरा गरे ।
यो सिजन ३९ वर्षीय पोर्चुगिज खेलाडीको दोस्रो ह्याट्रिक हो । समग्र करियरमा भने उनको यो ६४ औँ ह्याट्रिक थियो ।
जितका बावजुद टोली लिगमा दोस्रो स्थानमा सीमित रहेको छ । अल हिलालभन्दा टोली १२ अंकले पछि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण