सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन् ।
आइतबार सामुदायिक विद्यालय व्यवस्था समिति महासङ्घको स्थापना दिवसको अवसरमा काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गरे । उनले राजनीतिक दलको भोटर खाने पानी,सडक,ढल निर्माणका विषयमा कति बजेट आयो,ठेक्का लाग्यो÷लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताए । उनले अभिभावकलाई राजनीतिक दलहरूले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गरे ।
महामन्त्री थापाले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको बताए । उनले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलियकरण हुन नदिने कुरामा विशेष रुपमा छलफल गर्न जरुरी रहेको बताए ।
महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छोड्न आवश्यक रहेको उल्लेख गरे । उनले विद्यालयले अभिभावक वा अन्य पूर्वविर्थीहरुले विद्यालयको लागि स्वेच्छाले सहयोग गर्ने कुरामा खुला छोड्नुपर्ने बताए ।
महामन्त्री थापाले सामुदायिक विद्यालयका शिक्षकहरूको विवादलाई राज्यले रकम खर्च गरेर भएपनि समाधान गर्न आवश्यक रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन