एकअर्कासँग टाढिँदै प्रियंका र परिणीति
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भारतमा छिन् । अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन् । उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्यामा रामलिलाको दर्शन गर्ने कामसम्म पुरा गरिसकेकी छन् ।
हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पाटीमा पुगेकी थिइन् । प्रियंकाले मन्नाराको परिवारसँग भेटिरहँदा त्यहाँ परिणीति चोपडालाई भने भेटिनन् ।
परिणीतिलाई नै प्रियंकाले नभेटेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा चुलिएको छ । उनीहरु निकटवर्तीका अनुसार प्रियंका र परिणीति एकअर्कासँग टाढिँदै गएका छन् ।
परिणीति र प्रियंका एकै सहरमा भएपनि उनीहरुले एकापसमा भेटघाट गरेका छैनन् । परिणीति प्रियंकासँग दुःखी छिन् ।
किनकी परिणीतिका विवाहमा प्रियंका नपुगेपछि प्रियंकासँग उनी दुःखी भएकी हुन् । यद्यपि प्रियंकाले परिणीतिको इन्गेजमेन्टमा भने उपस्थिति जनाएकी थिइन् ।
मन्नारा प्रियंकासँग नजिक छिन् । उनी प्रियंकालाई आफ्नो प्रेरणा मान्छिन् । मन्नाराले आफ्नो जन्मदिनमा प्रियंका र निक जोनासलाई निम्तो दिएकी थिइन् ।
तर उनले परिणीतिलाई भने बोलाइनन् । प्रियंकाको उपस्थिति हुने भएपछि मन्नाराले परिणीतिलाई निम्तो नदिएको निकट स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण