दबंग ४ कहिले आउँछ ? यसो भन्छन् सलमान
मुम्बई । सलमान खानले हालै फिल्म दबंग ४ को बारेमा जानकारी दिएका छन् । उनले आफू र अरबाज खानबिच कथामा सहमति भएपछि फिल्मको छायाङ्कन गरिने बताए । हाल कथाहरूमा दुवैको विचार नमिलेको उनको भनाई छ।
दबंग सिरिजको पहिलो फिल्म सन् २०१० मा रिलिज भएको थियो । दुई वर्षपछि सन् २०१२ मा फिल्म दबंग २ को दोस्रो भाग रिलिज भएको थियो ।
त्यसपछि ७ वर्षको लामो अन्तरालमा दबंग ३ सिरिजको तेस्रो भाग रिलिज भएको थियो । यी तीनै भागमा सलमान खान, सोनाक्षी सिन्हा र अरबाज खान देखिएका थिए । सोनाक्षीले फिल्ममा सलमानकी पत्नीको भूमिका निभाएकी छिन् । जहाँ अरबाज आफ्नो भाइको भूमिकामा देखिएका थिए ।
रविना टण्डनको फिल्म पटना शुक्लाको स्क्रिनिङका क्रममा सलमान खानलाई दबंग ४ को बारेमा सोधिएको थियो । यसमा सलमानले भने, ‘जब हामी दुबै भाइले (सलमान र अरबाज) एउटै स्क्रिप्ट लक गर्छौं, तब फिल्म आउँछ । अहिले भने अरबाजलाई केही अर्को बनाउनु छ, मलाई अरू केही गर्नुछ ।’
पिंकभिलाका अनुसार तिग्मांशु धुलियाले सलमानको फिल्म दबंग ४ को स्क्रिप्टमा काम गरिरहेका छन् । तिग्मांशु एक वर्षभन्दा बढी समयदेखि दबंग ४ को स्क्रिप्टमा काम गरिरहेका हुन् । यसपटक सलमानले फिल्ममा चुलबुल पाण्डेको भूमिकामा नयाँपन चाहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण