तनहुँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
तनहुँ । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।
रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका सर्वसाधारणलाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालयको आवश्यकता खड्किएको रास्वपा क्षेत्रीय सचिव सुन्दर बस्यालले बताए ।
घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका बासिन्दालाई सहजरुपमा सेवा प्रवाह गर्न भिमादमा इलाका प्रशासन कार्यालय आवश्यक रहेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी गौतमले जिल्लाको भूगोल र अवस्थाका कारण जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक रहेको बताए । प्रजिअ गौतमले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पठाउने बताउँदै आफ्नो ठाउँबाट पनि पहल गर्ने प्रतिबद्धता जनाए ।
हाल सदरमुकाम दमौलीमा रहेको प्रशासन कार्यालयले जिल्लाका १० पालिकाका सेवाग्राहीलाई सेवा दिइरहेको छ । क्षेत्र नं २ अन्तर्गतका भिमादका नौ, ऋषिङका चार, शुक्लागण्डकीका १२, घिरिङका पाँच, म्याग्देका एक वडाका बासिन्दालाई दमौली आउनुभन्दा इलाका प्रशासन कार्यालय भिमादमा स्थापना भएको खण्डमा उतै सेवा लिन सहज हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण