एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभा बैठक प्रभावित
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभाको बैठक प्रभावित बनेको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर हेटौँडामै नगइदिएपछि बैठक प्रभावित भएको हो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अहिले साढे २ बजेसम्म बस्न सकेको छैन । केन्द्रीय नेतृत्वले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै उनी बैठकमै नगएको बताइएको छ ।
बागमतीमा पार्टीकै नेतृत्वमा सरकार हुनुपर्ने पक्षमा रहेकी उनले त्यो नहुने अवस्था हो भने आफूलाई मन्त्री बनाइनुपर्ने माग गरेकी छन् । सोही माग राखेर उनी बैठकमै नगइदिएपछि समस्या भएको सत्ता गठबन्धनका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
अहिले उनलाई मन्त्री बनाउने आश्वासन दिएर हेटौँडा बोलाइएको छ । एकीकृत समाजवादीका नेताहरुका साथै गठबन्धनका नेताहरुले आवश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडा जाँदै गरेको र उनलाई पर्खिनु परेकै कारण बैठक अहिलेसम्म बस्न नसकेको ती सदस्यको भनाइ छ । आलेले भोट नदिएको अवस्थामा गठबन्धनको पक्षमा बहुमत नपुग्ने अवस्था छ ।
यता प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले भने दलहरूको आवश्यक तयारी पुरा नभएकाले बैठक समयमा बस्न नसकेको दाबी गरे । उनले दलहरु बैठकमै रहेको र आवश्यक तयारी पुरा हुनासाथ प्रदेशसभा सुरु हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण