मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभा बैठक प्रभावित

सोमबार, १९ चैत २०८०, १४ : ३७
सोमबार, १९ चैत २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका एक सांसदका कारण बागमती प्रदेशसभाको बैठक प्रभावित बनेको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर हेटौँडामै नगइदिएपछि बैठक प्रभावित भएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक अहिले साढे २ बजेसम्म बस्न सकेको छैन ।  केन्द्रीय नेतृत्वले गरेको निर्णयमा असन्तुष्टि जनाउँदै उनी बैठकमै नगएको बताइएको छ ।

बागमतीमा पार्टीकै नेतृत्वमा सरकार हुनुपर्ने पक्षमा रहेकी उनले त्यो नहुने अवस्था हो भने आफूलाई मन्त्री बनाइनुपर्ने माग गरेकी छन् । सोही माग राखेर उनी बैठकमै नगइदिएपछि समस्या भएको सत्ता गठबन्धनका एक प्रदेशसभा सदस्यले जानकारी दिए । 

अहिले उनलाई मन्त्री बनाउने आश्वासन दिएर हेटौँडा बोलाइएको छ । एकीकृत समाजवादीका नेताहरुका साथै गठबन्धनका नेताहरुले आवश्वासन दिएपछि उनी काठमाडौँबाट हेटौँडा जाँदै गरेको र उनलाई पर्खिनु परेकै कारण बैठक अहिलेसम्म बस्न नसकेको ती सदस्यको भनाइ छ । आलेले भोट नदिएको अवस्थामा गठबन्धनको पक्षमा बहुमत नपुग्ने अवस्था छ । 

यता प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले भने दलहरूको आवश्यक तयारी पुरा नभएकाले बैठक समयमा बस्न नसकेको दाबी गरे । उनले दलहरु बैठकमै रहेको र आवश्यक तयारी पुरा हुनासाथ प्रदेशसभा सुरु हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप