दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता हो : जम्कट्टेल
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने आफूहरूको बाध्यता रहेको बताएका छन् । हेटौँडामा बसिरहेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै जम्कट्टेलले अहिलेको अवस्थामा एकै दलको सरकार बन्ने अवस्था नरहेकाले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।
‘प्रदेशसभाको बनावटले एउटै दलको बहुमत नरहेको अवस्थामा स्वाभाविक रूपमा दुई वा दुई दलबिच मिलेर सरकार बनाउनुपर्ने हाम्रो बाध्यता हो । यो बाध्यतालाई सहजरुपमा स्वीकार गर्दै सहजताका साथ सरकार अघि बढाऔँ’, उनले मत माग्दै भने । जम्कट्टेलले आफ्नो विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पनि सबै दललाई आग्रह गरे ।
प्रदेश सरकारलाई स्थायित्व दिने तथा प्रदेशवासीको चाहना र अपेक्षा अनुसार काम गर्ने कुरामा एकताबद्ध भएर अघि बढ्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण