मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता हो : जम्कट्टेल

सोमबार, १९ चैत २०८०, १६ : ४३
सोमबार, १९ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने आफूहरूको बाध्यता रहेको बताएका छन् । हेटौँडामा बसिरहेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै जम्कट्टेलले अहिलेको अवस्थामा एकै दलको सरकार बन्ने अवस्था नरहेकाले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए । 

‘प्रदेशसभाको बनावटले एउटै दलको बहुमत नरहेको अवस्थामा स्वाभाविक रूपमा दुई वा दुई दलबिच मिलेर सरकार बनाउनुपर्ने हाम्रो बाध्यता हो । यो बाध्यतालाई सहजरुपमा स्वीकार गर्दै सहजताका साथ सरकार अघि बढाऔँ’, उनले मत माग्दै भने ।  जम्कट्टेलले आफ्नो विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न पनि सबै दललाई आग्रह गरे । 

प्रदेश सरकारलाई स्थायित्व दिने तथा प्रदेशवासीको चाहना र अपेक्षा अनुसार काम गर्ने कुरामा एकताबद्ध भएर अघि बढ्ने पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप