सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छिन् । आज सिंहदरबारमा रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रूपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको बताइन् ।
उनले विगतमा जस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई सरकारको प्रचारकको रूपमा मात्रै नभई जनताको आवाज सरकारसमक्ष पुर्याउने माध्यमका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर आम सञ्चारको क्षेत्रमा कानुन निर्माणमा जोड दिएको पनि उल्लेख गरिन् । उनले हाल संसदमा रहेको सार्वजनिक सेवा प्रसारण विधेयक पारित भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारणमा रूपान्तरण हुने भन्दै अहिलेदेखि नै तयारी थाल्नुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री शर्माले लोकतन्त्रका उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता भएको उल्लेख गरिन् । उनले संविधानको मर्मअनुरूप धेरै जनपक्षिय र प्रगतिशील कानुन निर्माण गरेको तर कार्यान्वयन फितलो भएको भन्दै हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता आवश्यक रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण