सहकारी ठगीमा श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायाे प्रश्न
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थामा निक्षेपकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना भएको बताएका हुन् ।
‘श्रममन्त्री आर्यालले हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । अर्याल मात्र होइन रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोरखा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ,’ उनले भने ।
समस्या ग्रस्त उक्त सहकारीको छानबिनलाई सरकारले प्रभावित पार्न खोजिएको कांग्रेस सांसद यादवको आशङ्का छ । ‘यो घटनाले सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने पुष्टि भएको छ । त्यसैले हामी निष्पक्ष छानबिन भनिरहेका छौँ । त्यसका लागि संसदीय छानबिन समिति भनिरहेका छौँ ,’ उनले भने । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण