तीन दलबिचको छलफल सकियो, एमालेका मन्त्रीहरूको शपथ ५ बजे

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रालय भागबण्डाबारे सहमति जुटाउन बसेको सत्ता साझेदार प्रमुख तीन दलका नेताहरूको बैठक सकिएको छ । बैठकमा एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री बन्ने सहमति गर्दै मन्त्रालय पनि टुंग्याइएको छ ।
जसअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।
तर, एमालेबाट मंगलबार थपिने ४ सहित ५ जना मन्त्री बन्दा बागमतीमा १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ । हाल मन्त्रिपरिषद् १२ जनाको मात्रै भएकाले अब एक जनालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे भने सहमति जुटिसकेको छ । बैठकमा एकीकृत समाजवादीलाई दुई मन्त्रालयमा चित्त बुझाउन आग्रह गरिएपनि नमानेको एक नेताले बताए ।
अहिलेलाई एमालेबाट चारै जनालाई मन्त्रालयसहित तोकेर शपथ गराउने र आगामी दिनमा छलफल गरेर एकीकृत समाजवादीका विनाविभागीय मन्त्री रमा आलेको मन्त्रालयबारे टुंगो लगाउने बताइएको छ।
मन्त्रीहरूको शपथ ५ बजेका लागि सारिएको छ । यसअघि तीन बजे शपथ हुने भनिएपनि भागबण्डाको विषयले पर धकेलिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल