तीन दलबिचको छलफल सकियो, एमालेका मन्त्रीहरूको शपथ ५ बजे
काठमाडौँ । बागमती प्रदेशमा मन्त्रालय भागबण्डाबारे सहमति जुटाउन बसेको सत्ता साझेदार प्रमुख तीन दलका नेताहरूको बैठक सकिएको छ । बैठकमा एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव प्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री बन्ने सहमति गर्दै मन्त्रालय पनि टुंग्याइएको छ ।
जसअनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।
तर, एमालेबाट मंगलबार थपिने ४ सहित ५ जना मन्त्री बन्दा बागमतीमा १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ । हाल मन्त्रिपरिषद् १२ जनाको मात्रै भएकाले अब एक जनालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे भने सहमति जुटिसकेको छ । बैठकमा एकीकृत समाजवादीलाई दुई मन्त्रालयमा चित्त बुझाउन आग्रह गरिएपनि नमानेको एक नेताले बताए ।
अहिलेलाई एमालेबाट चारै जनालाई मन्त्रालयसहित तोकेर शपथ गराउने र आगामी दिनमा छलफल गरेर एकीकृत समाजवादीका विनाविभागीय मन्त्री रमा आलेको मन्त्रालयबारे टुंगो लगाउने बताइएको छ।
मन्त्रीहरूको शपथ ५ बजेका लागि सारिएको छ । यसअघि तीन बजे शपथ हुने भनिएपनि भागबण्डाको विषयले पर धकेलिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण