भारतमा नेपालको लगातार दोस्रो जित, बरोडालाई २७ रनले हरायो

काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार खेलिएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको छ ।
जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोलीले गुजरातलाई हराएको थियो । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बरोडाले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे । सन्दीप जोराले पनि टोलीको खातामा १६ बलमा २९ रन थपे । अनिल साहले २७ बलमा २५ रन बनाए ।
कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११ बलमा नौ रन बटुलेका थिए । अर्का ओपनर आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए ।
यसैगरी दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक-एक विकेट लिए । नेपालका दुई ब्याट्सम्यान रोहित पौडेल र सन्दीप जोरा रन आउट भएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको बरोडालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अविनाष बोहराले पनि दुई-दुई विकेट हात पारे । गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका