भारतमा नेपालको लगातार दोस्रो जित, बरोडालाई २७ रनले हरायो
काठमाडौँ । राज्यस्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार खेलिएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको छ ।
जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोलीले गुजरातलाई हराएको थियो । मंगलबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बरोडाले भने निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे । सन्दीप जोराले पनि टोलीको खातामा १६ बलमा २९ रन थपे । अनिल साहले २७ बलमा २५ रन बनाए ।
कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११ बलमा नौ रन बटुलेका थिए । अर्का ओपनर आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए ।
यसैगरी दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक-एक विकेट लिए । नेपालका दुई ब्याट्सम्यान रोहित पौडेल र सन्दीप जोरा रन आउट भएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको बरोडालाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सोमपाल कामी र अविनाष बोहराले पनि दुई-दुई विकेट हात पारे । गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण