चार महिनापछि बाइडेन र सीबिच पहिलोपटक संवाद, १ घण्टा ४५ मिनेट लामो छलफल
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग मंगलबार टेलिफोन संवाद गरेका छन् । गत नोभेम्बरमा भएको भेटयता दुई नेताबिच संवाद भएको यो पहिलो अवसर हो ।
दुई देशका अधिकारीहरूले दुई देशबिचको तनाव कम गर्न प्रयास गरिरहेका बेला उनीहरूबिच कुराकानी भएको हो । विश्वका विभिन्न क्षेत्रमा तनाव बढिरहेका बेला दुई नेताबिच भएको कुराकानीलाई महत्त्वका साथ हेरिएको छ ।
टेलिफोन संवादमा गाजा र युक्रेनमा जारी युद्धका साथै उत्तर कोरियाको परमाणु हतियार परीक्षण लगायतका विषयमा छलफल भएको सीएनएनले जानकारी दिएको छ । त्यस्तै, ताइवान, साउथ चाइना सीलगायत दुई देशबिच तनाव सिर्जनाका भएका विषयहरूमा पनि छलफल भएको बताइएको छ ।
ह्वाइट हाउसका अनुसार बाइडेन र सीबिच अमेरिका र चीनले सहकार्य गर्न सक्ने विषयहरूमा समेत छलफल भएको थियो । यसमा लागु औषध तस्करीको नियन्त्रण, एआई, जलवायु परिवर्तनलगायतका विषय सामेल थिए । ह्वाट हाउसले १ घण्टा ४५ मिनेट लामो संवादलाई ‘क्यान्डिड’ र सकारात्मक भएको बताएको छ । चीनको विदेश मन्त्रालयले पनि दुई नेताबिच गहन छलफल भएको जिकिर गरेको छ । –सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण