मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनापछि बाइडेन र सीबिच पहिलोपटक संवाद, १ घण्टा ४५ मिनेट लामो छलफल

बुधबार, २१ चैत २०८०, १२ : २९
बुधबार, २१ चैत २०८०

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङसँग मंगलबार टेलिफोन संवाद गरेका छन् । गत नोभेम्बरमा भएको भेटयता दुई नेताबिच संवाद भएको यो पहिलो अवसर हो ।

दुई देशका अधिकारीहरूले दुई देशबिचको तनाव कम गर्न प्रयास गरिरहेका बेला उनीहरूबिच कुराकानी भएको हो । विश्वका विभिन्न क्षेत्रमा तनाव बढिरहेका बेला दुई नेताबिच भएको कुराकानीलाई महत्त्वका साथ हेरिएको छ ।

टेलिफोन संवादमा गाजा र युक्रेनमा जारी युद्धका साथै उत्तर कोरियाको परमाणु हतियार परीक्षण लगायतका विषयमा छलफल भएको सीएनएनले जानकारी दिएको छ । त्यस्तै, ताइवान, साउथ चाइना सीलगायत दुई देशबिच तनाव सिर्जनाका भएका विषयहरूमा पनि छलफल भएको बताइएको छ । 

ह्वाइट हाउसका अनुसार बाइडेन र सीबिच अमेरिका र चीनले सहकार्य गर्न सक्ने विषयहरूमा समेत छलफल भएको थियो । यसमा लागु औषध तस्करीको नियन्त्रण, एआई, जलवायु परिवर्तनलगायतका विषय सामेल थिए । ह्वाट हाउसले १ घण्टा ४५ मिनेट लामो संवादलाई ‘क्यान्डिड’ र सकारात्मक भएको बताएको छ । चीनको विदेश मन्त्रालयले पनि दुई नेताबिच गहन छलफल भएको जिकिर गरेको छ । –सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप