पत्नीलाई विष हालेर खाना दिइएको इमरान खानको दाबी

इस्लामवाद । आफ्नो निजी निवासमा नजरबन्दमा रहेकी पत्नी बुशरा बीबीलाई विष खुवाइएको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले मंगलबार सुनुवाइका क्रममा बताएका छन् । केही भयो भने सोको जिम्मेवार सेना प्रमुख हुने पनि उनले बताएका छन् ।
अडियाला जेलमा तोशाखाना भ्रष्टाचार मुद्दाको सुनुवाइको क्रममा न्यायाधीश नासिर जावेद राणालाई खानले पत्नी बुशरालाई विष दिने प्रयास गरिएको बताएका हुन् । उनको शरीरमा चोटको निशान रहेको पनि उनले बताए । ‘मलाई थाहा छ यसको पछाडि कसको हात छ ।’ अझ अगाडि खानले भनेका थिए ।
पुनः मेडिकल जाँचको माग
बुशरालाई केही भइहाल्यो भने यसको जिम्मेवार पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीर जिम्मेवार हुने उनले बताएका छन् । एउटा गुप्तचर एजेन्सीका सदस्यले इस्लामाबादस्थित आफ्नो निजी निवास र रावलपिंडीको अदियाला जेलमा सबै कुरा नियन्त्रण गरिरहेको उनको भनाई थियो । इमरान खानले शौकत खानुम अस्पतालका डा. असिमबाट बुशराको स्वास्थ्य परीक्षण गराउन आदेश दिन अदालतमा अपिल गरेका छन् । यसअघि उनीहरूको जाँच गरेका चिकित्सकमाथि आफू र पार्टीलाई विश्वास नभएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह