पत्नीलाई विष हालेर खाना दिइएको इमरान खानको दाबी
इस्लामवाद । आफ्नो निजी निवासमा नजरबन्दमा रहेकी पत्नी बुशरा बीबीलाई विष खुवाइएको पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले मंगलबार सुनुवाइका क्रममा बताएका छन् । केही भयो भने सोको जिम्मेवार सेना प्रमुख हुने पनि उनले बताएका छन् ।
अडियाला जेलमा तोशाखाना भ्रष्टाचार मुद्दाको सुनुवाइको क्रममा न्यायाधीश नासिर जावेद राणालाई खानले पत्नी बुशरालाई विष दिने प्रयास गरिएको बताएका हुन् । उनको शरीरमा चोटको निशान रहेको पनि उनले बताए । ‘मलाई थाहा छ यसको पछाडि कसको हात छ ।’ अझ अगाडि खानले भनेका थिए ।
पुनः मेडिकल जाँचको माग
बुशरालाई केही भइहाल्यो भने यसको जिम्मेवार पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीर जिम्मेवार हुने उनले बताएका छन् । एउटा गुप्तचर एजेन्सीका सदस्यले इस्लामाबादस्थित आफ्नो निजी निवास र रावलपिंडीको अदियाला जेलमा सबै कुरा नियन्त्रण गरिरहेको उनको भनाई थियो । इमरान खानले शौकत खानुम अस्पतालका डा. असिमबाट बुशराको स्वास्थ्य परीक्षण गराउन आदेश दिन अदालतमा अपिल गरेका छन् । यसअघि उनीहरूको जाँच गरेका चिकित्सकमाथि आफू र पार्टीलाई विश्वास नभएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण