मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

यो हो विश्वको सबैभन्दा महँगो च्याउ

बुधबार, २१ चैत २०८०, १४ : २१
बुधबार, २१ चैत २०८०

टोकियो । जापानको मासुताके च्याउ विश्वको सबैभन्दा महँगो च्याउ हो । एक पाउन्ड (करिब ४५३ ग्राम) मासुताके च्याउको मूल्य ५०० डलर (६६ हजार ८६० नेपाली रुपैयाँ) पर्छ । यो च्याउ कोरियाली प्रायद्विप, चीन र अमेरिकामा पनि उम्रिन्छ । तर जापान विशेषगरी क्योटो क्षेत्रको च्याउ स्तरीय हुने बताइन्छ ।

जापानी बजारमा आयातित मासुताके एक पाउन्डको ५० डलरमै पाइन्छ । तर जापानी च्याउको भाउ १० गुणासम्म धेरै हुन्छन् । घरेलु क्रेताका लागि आयातित र घरेलु च्याउबिच फरक छुट्याउन सहज होस् भनेर आयातित च्याउ पखालेर मात्रै विक्रीका लागि उपलब्ध गराउनु पर्ने कानुन छ । जापानी मासातुकेको गन्ध ‘कडा’ हुन्छ, यसको टेक्ष्चर मासुको जस्तो हुन्छ ।

यो च्याउको मूल्य धेरै कुराले प्रभावित हुन्छ । पहिलो त यो दुर्लभ छ । गएको ७० वर्षमा यसको उपज ९५ प्रतिशतले घटेको छ । यो च्याउ वर्षमा एक पटक सेप्टेम्बर वा अक्टोबरमा मात्रै टिपिन्छ । हरेक वर्ष १ हजार टन भन्दा कम मासुताके भेटिन्छ । यी च्याउ रातो धुप्पीको रुख भएको ठाउँमा पाइन्छ । यसलाई जोकोहीले खोज्न अनि भेट्टाउन पनि सक्दैनन् । अहिलेसम्म यो च्याउको कृत्रिम रूपमा खेती गर्ने प्रयास अव्यवहारिक साबित भएको छ ।

च्याउ उम्रिन रातो धुप्पी पाइने ठाउँ नै चाहिन्छ  बढी ताप र किरा फ्ट्याङ्ग्राको आक्रमणले च्याउको उपज प्रभावित हुन्छन् । अति सुख्खा ठाउँमा यो च्याउ उम्रिँदैन । यो च्याउलाई जापानमा सुपमा बढी प्रयोग गरिन्छ । यो च्याउ यति धेरै मूल्यका लागि योग्य होला त ? यो चाँहि जवाफ दिन अलि मुस्किल प्रश्न हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप