सरकारले ल्याएको निजामती सेवासम्बन्धी विधेयकमा त्रुटि छ : क्रसपार्टी छलफल गरौँ : गगन थापा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘सङ्घीय निजामती सेवा विधेयकको डिजाइन नै गलत भएको टिप्पणी गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरूले मिलेर निजामती सेवालाई बेष्ट बनाउने गरी छलफललाई अघि बढाउनुपर्ने प्रस्ताव समेत गरे । यो पक्ष वा त्यो पक्ष नभनी सो विधेयकलाई समितिमा लगेर छलफल गर्नका सबै राजनीतिक दलहरू अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाई थियो । उनले सो विधेयकको उद्देश्य ठिकभएपनि त्यसलाई बोक्ने गरी विधेयक नआएको जिकिर पनि गरे । महामन्त्री थापाले निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको बताए ।
उनले भने,‘म यो सम्माननीय सभामुख महोदयमार्फत सबै राजनीतिक दलका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, माननीयजीहरूलाई आग्रह गर्न चाहन्छु–यसमा हामीले क्रसपार्टी काम गर्नुपर्नेछ । किनकि यो सरकार वा यो पक्ष वा त्यो पक्ष भन्ने कुरा मात्रै होइन, क्रस पार्टी काम गरेर हामीले वेष्ट हामीले हाम्रो निजामती सेवालाई कसरी बनाउने ? हामी सबैले यसमा अनुभव गरेर आएका छौँ । हामी सबैले यसका सीमाहरू बुझेका छौँ । यसलाई सदन भित्र समितिमा लगेपछि त्यही अनुरूप काम गरौँ भन्ने एउटा प्रस्ताव पनि राख्न चाहन्छु ।’
महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण