सिके राउत जापान भ्रमणमा
बुधबार, २१ चैत २०८०, १६ : ०८
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जापान पुगेका छन् । उनको जापान भ्रमण व्यक्तिगत भ्रमण रहेको पार्टी उपाध्यक्ष ई.दीपक साहले बताए । जापानमा अध्ययन गरेका अध्यक्ष राउत १८ वर्षपछि त्यहाँ पुगेका हुन् । उनी अध्ययन सकाएर आएपछि पहिलो पटक जापान भ्रमण गएका हुन् ।
जापान उड्नुअघि अध्यक्ष राउतले भनेका थिए, ‘किन हो किन मलाई एकपटक जापान गएर त्यो भूमिमा पुगेर साथीभाइलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ । मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’
राउतले जापानमा रहेका नेपालीहरूसँग भेटघाट गर्नुका साथै त्यहाँ प्रवास गठन गर्ने विषयमा छलफल हुने उपाध्यक्ष साहले बताए । नौलो गणतन्त्रका लागि जनमतले आन्दोलनको तयारीमा छ, त्यसबारेमा त्यहाँका नेपालीहरूसँग छलफल गर्ने उनले बताए ।
अध्यक्ष राउत चैत २५ गते नेपाल फर्किनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण