शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउत जापान भ्रमणमा

बुधबार, २१ चैत २०८०, १६ : ०८
बुधबार, २१ चैत २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जापान पुगेका छन् । उनको जापान भ्रमण व्यक्तिगत भ्रमण रहेको पार्टी उपाध्यक्ष ई.दीपक साहले बताए । जापानमा अध्ययन गरेका अध्यक्ष राउत १८ वर्षपछि त्यहाँ पुगेका हुन् । उनी अध्ययन सकाएर आएपछि पहिलो पटक जापान भ्रमण गएका हुन् ।

जापान उड्नुअघि अध्यक्ष राउतले भनेका थिए, ‘किन हो किन मलाई एकपटक जापान गएर त्यो भूमिमा पुगेर साथीभाइलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ ।  मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’

राउतले जापानमा रहेका नेपालीहरूसँग भेटघाट गर्नुका साथै त्यहाँ प्रवास गठन गर्ने विषयमा छलफल हुने उपाध्यक्ष साहले बताए । नौलो गणतन्त्रका लागि जनमतले आन्दोलनको तयारीमा छ, त्यसबारेमा त्यहाँका नेपालीहरूसँग छलफल गर्ने उनले बताए ।

अध्यक्ष राउत चैत २५ गते नेपाल फर्किनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप