मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

नाउपा सांसदको कारबाही पत्र बोकेका डगौरालाई कडा सुरक्षा

बुधबार, २१ चैत २०८०, १७ : ०२
बुधबार, २१ चैत २०८०

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरम उत्कर्षमा पुगेको छ । नाउपाका नेता कार्यकर्ताहरू पार्टी अध्यक्ष रञ्जिता र पार्टी संरक्षक रेशमलाल चौधरीमा विभाजित भएका छन् ।

भोलि बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन गइरहेका छन् । त्यसको पूर्व सन्ध्यामा नाउपाभित्र एकले अर्को पक्ष विरुद्ध खनिएका छन् ।

यसैबिच पार्टी अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्रीलाई कारबाही गरेकी छिन् । पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएको तथा विधानअनुसार नचलेको भन्दै उनलाई कारबाही गरिएको श्रेष्ठले बताएकी छिन् ।

कारबाही गरिएको सो पत्र आज प्रदेशसभामा दर्ता गरिएको छ । श्रेष्ठ पक्षधर मानिने टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले प्रदेशसभामा पत्र दर्ता गराएका हुन् ।

थारुलाई धनगढी विमानस्थलदेखि प्रदेशसभा सचिवालयसम्म प्रहरीले स्कर्टिङ गरेर ल्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप