नाउपा सांसदको कारबाही पत्र बोकेका डगौरालाई कडा सुरक्षा
धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरम उत्कर्षमा पुगेको छ । नाउपाका नेता कार्यकर्ताहरू पार्टी अध्यक्ष रञ्जिता र पार्टी संरक्षक रेशमलाल चौधरीमा विभाजित भएका छन् ।
भोलि बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन गइरहेका छन् । त्यसको पूर्व सन्ध्यामा नाउपाभित्र एकले अर्को पक्ष विरुद्ध खनिएका छन् ।
यसैबिच पार्टी अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्रीलाई कारबाही गरेकी छिन् । पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएको तथा विधानअनुसार नचलेको भन्दै उनलाई कारबाही गरिएको श्रेष्ठले बताएकी छिन् ।
कारबाही गरिएको सो पत्र आज प्रदेशसभामा दर्ता गरिएको छ । श्रेष्ठ पक्षधर मानिने टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले प्रदेशसभामा पत्र दर्ता गराएका हुन् ।
थारुलाई धनगढी विमानस्थलदेखि प्रदेशसभा सचिवालयसम्म प्रहरीले स्कर्टिङ गरेर ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण