जनमुक्ति सेनाका पूर्वकमाण्डर खाम पक्राउ परेकोमा माओवादीका नेताहरू असन्तुष्ट

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खाम (विविध) पक्राउ परेपछि माओवादी केन्द्रका नेताहरूले प्रतिक्रिया दिएका छन् ।
तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन कमान्डर रहेका खाममाथि श्रेष्ठको हत्याको योजनाकार रहेको आरोपमा जिल्ला अदालत चितवनमा १५ वर्षदेखि मुद्दा विचाराधीन अवस्थामा छ । सोही आरोपमा प्रहरीले उनलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो ।
खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं सुरक्षा विभागका सदस्यसमेत रहेका छन् । उनी पक्राउ परेपछि लडाकुकी पूर्वकमाण्डर एवम् माओवादी स्थायी समिति सदस्य कमला रोकाले खाम निर्दोष प्रमाणित भएर छुट्ने विश्वास लिएकी छन् ।
‘श्रेष्ठ हत्याका योजनाकारका रूपमा उहाँलाई पक्राउ गरेको छ । यसमा उहाँको संलग्नता होलाजस्तो मलाई लाग्दैन । उहाँ निर्दोष प्रमाणित हुनेमा मैले विश्वास लिएको छु’, रातोपाटीसँग उनले भनिन् ।
पछिल्लो घटनाक्रमले द्वन्द्वकालीन मुद्दामा माओवादीलाई मात्र फसाउन खोजिएको आशंका उनले व्यक्त गरिन् । यी विषयमा सरकारले संसद्मा विचाराधीन टिआरसी विधेयक पारित गर्न पहल गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पत्रकार खिलबहादुर भण्डारीले पनि खाम पक्राउ गरिएकोबारे आपत्ति जनाएका छन् । उनी पक्राउ परेलगत्तै भण्डारीले कृष्ण सेन इच्छुकको हत्या गर्नेलाई पनि पक्राउ गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
‘ओ सरकार, प्रहरी प्रशासन ठिक छ– हत्या आरोपमा कालीबहादुर खाम समात्यौ । त्यसो हो भने कृष्ण सेनलाई कुटेर मार्ने, हाम्लाई विना कारण समात्ने, जेल हाल्नेलाई पनि समात्नुपर्दैन ?’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड