मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा एक घरमा आगलागी, लाखौँको क्षति

शुक्रबार, २३ चैत २०८०, १० : १५
शुक्रबार, २३ चैत २०८०

रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप