सर्वोच्चको फैसला एनआरएनए फेरि एक बन्ने अवसर : कुँवर
काठमाडौँ । एनआरएनएका नेता विनोद कुँवरले सर्वोच्च अदालतको फैसलासँगै अब संस्थालाई शुद्धीकरणसहित एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । तीन टुक्रा भएको एनआरएनएलाई सर्वोच्चले एक बन्ने अवसर दिएकाले फैसला स्वागतयोग्य रहेको उनले बताए ।
उनले आगामी ६ महिनाभित्र पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेको नेतृत्वमा सबै समस्या हल भएर एकताको महाधिवेशन हुने विश्वास लिए । ‘अदालतको आदेश स्वागतयोग्य छ । उनले अब एनआरएनए संस्थागत र विधिगत ढंगले चलाउन चल्ने विश्वास गर्दै राजनीतिबाट पनि मुक्त राखिनुपर्नेमा जोड दिए ।
कुँवर समूहकै रिट निवेदनको आधारमा सर्वोच्च अदालतले एनआरएनएका १० औँ र ११ औँ महाधिवेशनबाट चयन भएका सबै अध्यक्षलाई अवैध ठहर गरेको थियो । रिट निवेदनमा कुँवरलाई अध्यक्षमा वैधानिकता दिन माग गरिए पनि उनलाई समेत आधिकारिकता दिन अस्वीकार गर्दै एकताको लागि ढोका खोलिदिएको थियो ।
सर्वोच्चको फैसलाअनुसार एनआरएनएको गतिविधि २०७८ माघ १ को बिन्दुबाट सुरु हुने भएको छ । जसअनुसार घलेको नेतृत्वमा ६ महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरेर एनआरएनएको एकताको महाधिवेशन गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण