मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसला एनआरएनए फेरि एक बन्ने अवसर : कुँवर

शुक्रबार, २३ चैत २०८०, १७ : १७
शुक्रबार, २३ चैत २०८०

  काठमाडौँ । एनआरएनएका नेता विनोद कुँवरले सर्वोच्च अदालतको फैसलासँगै अब संस्थालाई शुद्धीकरणसहित एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । तीन टुक्रा भएको एनआरएनएलाई सर्वोच्चले एक बन्ने अवसर दिएकाले फैसला स्वागतयोग्य रहेको उनले बताए । 

उनले आगामी ६ महिनाभित्र पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेको नेतृत्वमा सबै समस्या हल भएर एकताको महाधिवेशन हुने विश्वास लिए ।  ‘अदालतको आदेश स्वागतयोग्य छ । उनले अब एनआरएनए संस्थागत र विधिगत ढंगले चलाउन चल्ने विश्वास गर्दै राजनीतिबाट पनि मुक्त राखिनुपर्नेमा जोड दिए । 

कुँवर समूहकै रिट निवेदनको आधारमा सर्वोच्च अदालतले एनआरएनएका १० औँ र ११ औँ महाधिवेशनबाट चयन भएका सबै अध्यक्षलाई अवैध ठहर गरेको थियो । रिट निवेदनमा कुँवरलाई अध्यक्षमा वैधानिकता दिन माग गरिए पनि उनलाई समेत आधिकारिकता दिन अस्वीकार गर्दै एकताको लागि ढोका खोलिदिएको थियो । 

सर्वोच्चको फैसलाअनुसार एनआरएनएको गतिविधि २०७८ माघ १ को बिन्दुबाट सुरु हुने भएको छ । जसअनुसार घलेको नेतृत्वमा ६ महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरेर एनआरएनएको एकताको महाधिवेशन गर्नुपर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप