राजेश हमालको टेलिभिजन कार्यक्रम वैशाख १ बाट
काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा शो नेपाल टेलिभिजनमा साँझ ७ बजे र डिजिटल ओएसआर रियालिटी मार्फत पनि आउने जानकारी दिइयो ।
समृद्धि इन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भागसम्म तयार छ । एकसाथ भागसम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए ।
कर्मठ हातको कथा, रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानडामा रहेका एक व्यक्तित्वको गरी १९ भाग तयार गरिएको हो ।
कार्यक्रममा बोल्दै महानायक हमालले विदेशमा रहेर धेरै चुनौती सहेर सङ्घर्षको बाबजुत पनि सफलता हासिल गर्नुभएका व्यक्तिहरूको मिहिनेत र सफलताको कथा कार्यक्रममा प्रस्तुत हुने बताए । बिदेसिएका नेपालीको कथा सबैको लागि प्रेरणा हुने हमालको धारणा छ ।
कलाकार मदनकृष्ण श्रेष्ठले विदेशमा गएर सफल भएको धेरै देखेको तर सङ्घर्ष थाहा नभएकोले कार्यक्रमले महत्त्वपूर्ण देखाउन लागेको धारणा राखे ।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कँडेल, कलाकार जितु नेपाल लगायतले कार्यक्रमको महत्वको चर्चा गरेका थिए ।
कार्यक्रम निर्माणका लागि गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले विशेष सहयोग गरेको छ । कार्यक्रमको प्रोमो बिहिबार सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण