आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजेश हमालको टेलिभिजन कार्यक्रम वैशाख १ बाट

शुक्रबार, २३ चैत २०८०, २२ : ४१
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्ने टेलिभिजन शो ‘सफलताको कथा’ नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रसारणमा आउने भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा शो नेपाल टेलिभिजनमा साँझ ७ बजे र डिजिटल ओएसआर रियालिटी मार्फत पनि आउने जानकारी दिइयो ।

समृद्धि इन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भागसम्म तयार छ । एकसाथ भागसम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए ।

कर्मठ हातको कथा, रगत पसिनाको कथा कार्यक्रम ‘सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानडामा रहेका एक व्यक्तित्वको गरी १९ भाग तयार गरिएको हो । 

कार्यक्रममा बोल्दै महानायक हमालले विदेशमा रहेर धेरै चुनौती सहेर सङ्घर्षको बाबजुत पनि सफलता हासिल गर्नुभएका व्यक्तिहरूको मिहिनेत र सफलताको कथा कार्यक्रममा प्रस्तुत हुने बताए ।  बिदेसिएका नेपालीको कथा सबैको लागि प्रेरणा हुने हमालको धारणा छ । 

कलाकार मदनकृष्ण श्रेष्ठले विदेशमा गएर सफल भएको धेरै देखेको तर सङ्घर्ष थाहा नभएकोले कार्यक्रमले महत्त्वपूर्ण देखाउन लागेको धारणा राखे ।

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कँडेल, कलाकार जितु नेपाल लगायतले कार्यक्रमको महत्वको चर्चा गरेका थिए ।

कार्यक्रम निर्माणका लागि गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले विशेष सहयोग गरेको छ । कार्यक्रमको प्रोमो बिहिबार सार्वजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप