न्युयोर्कमा भूकम्प : केही समय उडानहरू रोकिए, क्षतिको खबर छैन
न्युयोर्क । अमेरिकी सहर न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ । न्यूयोर्क टाइम्सका अनुसार यसको तीव्रता ४.८ म्याग्निच्युड रहेको थियो ।
अमेरिकी समय अनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो । घटनापछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडानहरू रोकिएका थिए।
यस भूकम्पबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । तर, अलर्ट साइरन भने बजाइएको थियो। सहरका मेयर एरिक एडम्सका प्रवक्ता फेबियन लेवीले भने- सानो भूकम्प आएको थियो, क्षतिको कुनै खबर छैन।
न्यूयोर्क र न्यु जर्सीमा प्रायः साना भूकम्प आउँछन् र धेरैजसो त्यसलाई ध्यान दिँदैनन्। सन् २०२३ को मे महिनामा यहाँ २.२ म्याग्निच्युडको भूकम्प गएको थियो । सन् २०२३ को अप्रिलमा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सन् २०११ मा भर्जिनियामा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूयोर्कमा सबैभन्दा ठुलो भूकम्प सन् १८८४ मा गएको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युड थियो। सन् २००८ मा गरिएको एक अध्ययन अनुसार न्युयोर्क र आसपासका क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहे पनि सय वर्षमा एकपटक मात्रै आउने गरेको छ । सोही अध्ययनमा यहाँ हरेक ३४०० वर्षमा ७ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहेको बताइएको छ ।
भूकम्प जाँदा राष्ट्रसंघमा सुरक्षा परिषद्को बैठक चलिरहेको थियो । संयुक्त राष्ट्रसंघको ‘सेभ द चिल्ड्रेन’ संस्थाका प्रमुख जेन्टी सोरिप्टोका अनुसार झटका महसुस हुने बित्तिकै उनी केही बेर रोकिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण