शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

हात्तिवनको कारखानामा आगलागी, एकजना मृत फेला

शनिबार, २४ चैत २०८०, ०९ : ४०
शनिबार, २४ चैत २०८०

ललितपुर । ललितपुर जिल्लाको हात्तिवनस्थित एक कारखानामा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार एक जना पुरुष मृत फेला परेका हुन् । जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । ‘हामी शवको पहिचान खुलाउने प्रयासमा छौँ,’ एसपी सुवेदीले रातोपाटीसँग भने ।

ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको हो । यसका सञ्चालक कृष्ण लेच्छे र भीम लेच्छे रहेको प्रहरीले जनाएको छ ।  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप