बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

शनिबार, २४ चैत २०८०, १८ : ३४
शनिबार, २४ चैत २०८०

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  • बाँकेको नेपालगन्ज उपपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित बैजानाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५६ वर्षीय झोगे राम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
  • काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्रामसहित पर्सा वीरगंज उपमहानगरपालिका-१६ घर भई हाल काठमाडौं बाफल बस्ने १९ वर्षीय सञ्जय श्रापलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी पोष्ट फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४२०७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
  • कास्कीको पोखरा महानगरपालिका-२७ तालचोकबाट अवैध लागु औषध गाँजा करिब १० किलोसहित गोरखा सुलिकोट गाउँपालिका-५ सौरपानी बस्ने २२ वर्षीय मदन नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ आउँदै गरेको ग.१ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक मदनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 
  • चितवनको राप्ती नगरपालिका-२ गडौलिबाट अवैध लागु औषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने २५ वर्षीय मन बहादुर तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो । 
  • बर्दियाको गुलरिया नगरपालिका-७ चौगुर्जी टोलबाट अवैध लागु औषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ५ ग्रामसहित सोही ठाउँ  बस्ने ७६ वर्षीय नन्दलाल गोडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप