आगोले जलेर दुई जनाको मृत्यु, एकजना मृत फेला
काठमाडौँ । ललितपुर र सिन्धुपाल्चोक जिल्लामा आगोले जलेर दुईजनाको मृत्यु भएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका-२३ हात्तीवनस्थित सिक्मा मेटल इन्ट्रक्स सोफा कारखानामा विद्युत् सर्ट भई शनिबार बिहान आगलागी हुँदा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरुषको सोही आगलागीमा जलेर मृत्यु भएको छ । साथै उक्त आगलागीबाट टहराभित्र रहेको सम्पूर्ण फर्निचरका सामानहरू जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पालधाप गाउँपालिका-८ बस्ने ६२ वर्षीया योग कुमारी धितालको आगोले जलेर मृत्यु भएको छ । शुक्रबार बिहान चुलोमा बालेको आगो धोतीमा सल्कीएर शरिर जलि गम्भीर घाइते भएकी उनको शनिबार बिहान शुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता रोल्पाको परिवर्तन गाउँपालिका-३ चर्चु आले बस्ने ८४ वर्षीया लालसरी डाँगी सोही गाउँपालिका-४ मंगेखोला नजिक खोल्सामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण