मुलुकमा मधेसमाथिको अन्याय अझै जारी छः महन्थ ठाकुर
महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाएका छन् ।
महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नगरेको गुनासो गरे । उनले सबैभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेस माथिको विभेदको उदाहरण रहेको बताए । मधेस देशको लगभग ५१ प्रतिशत जनसंख्या ओगटेको बताए ।
अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि अझै पनि संघर्षको आवश्यकता रहेको बताए । लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको स्मरण गराउँदै आफूहरुले शान्तिपूर्ण संघर्ष गर्दा पनि गोली लठ्ठी खानुपरेको पीडा सुनाए ।
लोसपा अध्यक्ष ठाकुरले भने, ‘आधा भन्दा बढी जनसंख्या भएपनि १ सय ६५ मध्ये शुरुमा ६५ सिट मात्रै दिइएको थियो तर हामीहरुकै आन्दोलनका कारण अहिले त्यो संख्या ७९ पुगेको छ, जबकि हाम्रो माग ८२ सिट रहेको छ ।’
अन्तरिम संविधानमा रहेका अधिकार पनि वर्तमान संविधानबाट हटाइएपछि पटक पटक संघर्ष गर्नुपरेको र सोही संघर्षका कारण कयौँले सहादत प्राप्त गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण