शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकमा मधेसमाथिको अन्याय अझै जारी छः महन्थ ठाकुर

शनिबार, २४ चैत २०८०, १८ : ५४
शनिबार, २४ चैत २०८०

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेसमाथिको अन्याय मुलुकमा अझै जारी रहेको आरोप लगाएका छन् । 

महोत्तरीको मटिहानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नगरेको गुनासो गरे । उनले सबैभन्दा बढी जनसंख्या रहेको मधेस प्रदेशमा कम बजेट दिनु, निर्वाचन क्षेत्र कम बनाउनु मधेस माथिको विभेदको उदाहरण रहेको बताए । मधेस देशको लगभग ५१ प्रतिशत जनसंख्या ओगटेको बताए । 

 अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि अझै पनि संघर्षको आवश्यकता रहेको बताए ।  लोसपा अध्यक्ष ठाकुरले नेपालको इतिहास नै हत्या हिंसाले भरिएको स्मरण गराउँदै आफूहरुले शान्तिपूर्ण संघर्ष गर्दा पनि गोली लठ्ठी खानुपरेको पीडा सुनाए । 

लोसपा अध्यक्ष ठाकुरले भने, ‘आधा भन्दा बढी जनसंख्या भएपनि १ सय ६५ मध्ये शुरुमा ६५ सिट मात्रै दिइएको थियो तर हामीहरुकै आन्दोलनका कारण अहिले त्यो संख्या ७९ पुगेको छ, जबकि हाम्रो माग ८२ सिट रहेको छ ।’

अन्तरिम संविधानमा रहेका अधिकार पनि वर्तमान संविधानबाट हटाइएपछि पटक पटक संघर्ष गर्नुपरेको र सोही संघर्षका कारण कयौँले सहादत प्राप्त गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप